३ जेष्ठ २०८१, बिहिबार । May 17, 2024

तस्बिर

बुद्ध लामा पहिलो ‘नेपाल आइडल’ विजयी



काठमाण्डौं । एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय साँगीतिक प्रतियोगिता नेपाल आइडल’ पहिलो संस्करणमा पोखराको बुद्ध लामा विजयी भएका छन् । प्रतियोगितामा मोरङका निसान भटराई दोस्रो भए भने ललितपुरका प्रताप दासले तेसा्रे स्थानमै चित बुझाउनु पर्यो ।
कतारको दोहा स्थित ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा ’ग्रान्ड फिनाले’ सम्पनन् भएको थियो । एपीवान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने भनिए पनि अन्तिम समयमा प्राविधिक कारण देखाउदै प्रसारण गरिएन । निर्धारित समय भन्दा निक्कै ढिलो मात्र कार्यक्रम सुरु गरिएको थियो ।
आइडलका विजयी लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । भने दोस्रो हुने भटराईले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् यस्तै तेस्रो हुने प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरु सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठले प्रतुति दिएका थिए । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो । कतारमा नेपाली दर्शकको राम्रो साथ पाएका थिए ।

प्रकाशित : ६ आश्विन २०७४, शुक्रबार ००:००