२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

सिलिण्डर बम निष्क्रिय



पोखरा, २६ भदौ । पोखरा– लेखनाथ महानगरपालिका– ९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान राखिएको सिलिण्डर बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।

नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा अज्ञात व्यक्तिले सिलिण्डर बम राखेर गएको प्रहरीले खबर पाएपछि सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

निगमको सो जग्गामा सडक व्यापारीले व्यापार सञ्चालन गर्देै आएकामा केही महिनाअघि अर्को कम्पनीले बोलपत्र पारेपछि भत्काएर नयां व्यापारिक टहरा निर्माण शुरु गरेको छ ।

प्रकाशित : २६ भाद्र २०७४, सोमबार ००:००