२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण



काठमाडौँ, २२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००