६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

अग्रज पत्रकार झा सम्मानित



तेह्रथुम, २१ भदौ । नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखाले महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अग्रज पत्रकार धर्मेन्द्र झालाई सम्मान गरेको छ ।

लामो समयसम्म क्रियाशील पत्रकारिता गर्दै नेपाली पत्रकारिताको विकास र समृद्धिका लागि उल्लेखनीय योगदान पु¥याएको भन्दै पूर्व अध्यक्ष झालाई मंगलबार कदर–पत्रसहित दोसल्ला ओढाइ अबीरजात्रा गरेर सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै अग्रज पत्रकार झाले समाज बदल्ने आफ्नो दायित्व नभुल्न पत्रकारलाई सुझाव दिनुभयो । पत्रकारिता पेशा वास्तवमै चुनौतीपूर्ण रहेको भन्दै उहाँले पहाड र कुना कन्दरामा थुप्रै दुःख दर्द बेहोरेर समेत नेपाली पत्रकारले समाज रुपान्तरणको प्रयास गरिरहेका बताउनुभयो ।

उहाँले नेपाल पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वले श्रमजीवी पत्रकारको हितमा थुप्रै काम गर्ने विश्वास व्यक्त गर्दै न्यूनतम पारिश्रमिक कार्यान्वयन र समयानुसार फेरबदलमा समेत ध्यान दिन सुझाव दिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिना र तेह्रथुम शाखाका संस्थापक अध्यक्ष महेन्द्र काफ्लेले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाका अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : २१ भाद्र २०७४, बुधबार ००:००