५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

नारायणगढ–मुग्लिन सडक खुला



चितवन, १८ भदौ । नारायण–मुग्लिन सडकखण्ड विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध बनेकामा आज अपराह्न २ः१५ बजेदेखि सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ नौ किमीसम्म साना ठूला १६ ठाउँमा पहिरो खसेका थिए । सोमध्ये पाँच किलो नजिकै ठूलो ढुङ्गा खसेपछि पहिरो पन्छाउन समय लागेको थियो । सो ढुङ्गा फोरेर फालिएपछि सडक सञ्चालनमा आएको हो ।
बिहान पहिरो खसेपछि शनिबार साँझदेखि रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन् । उक्त सडकखण्डमा पहिराको जोखिमका कारण राति यातायात आवागमन रोक्ने गरिएको छ ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००