२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

तीन सय ५० बाढीपीडितको औषधोपचार



सप्तरी, १८ भदौ । सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ ।

इनरुवा नगरपालिकाको संयोजनमा आज यहाँ आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका सञ्चालक प्रकाश मारुले जानकारी दिनुभयो । सो शिविरमा आएकामा श्वासप्रश्वास, रुघाखोकी, छाला चिलाइ र भाइरल ज्वरोका बिरामी थिए । शिविरमा विराटनगरका विभिन्न चिकित्सकले बिरामीको जाँचका साथै निःशुल्क औषधिसमेत प्रदान गरेका थिए ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००