५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

कालीकोटका विद्यार्थीलाई छात्रवृति



काठमाडौँ, १८ भदौ । सुन्दर कालीकोट ः समृद्ध कालीकोट नामक संस्थाले कालीकोटका विभिन्न विद्यालयमा अध्ययनरत पाँच उत्कृष्ट छात्रछात्रालाई शनिबार यहाँ आयोजित कार्यक्रममा छात्रवृत्ति प्रदान गरेको छ ।

विसं २०७३ को एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने पञ्चवीर माध्यमिक विद्यालयका छात्रा समृद्धि बोहरा जिल्ला प्रथम हुनुभएको छ । उहाँलाई रु १० हजारको छात्रवृत्ति प्रदान गरिएको छ ।

कालीकोट जिल्लामा द्वितीय हुने कालिका माविका छात्र देवजंग शाहीलाई रु पाँच हजार, दलित विद्यार्थीबाट उत्कृष्ट हुने नवीन नेपालीलाई रु पाँच हजार दलितबाटै उत्कृष्ट हुने दानबहादुर विक तथा जनजातिबाट उत्कृष्ट हुने नरेन्द्र बुढामगरलाई पनि जनही रु पाँच हजार प्रदान गरियो ।

उक्त छात्रवृत्ति वितरण गर्दै शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले कर्णाली क्षेत्रमा अथाह भण्डार रहेको र त्यहाँका युवामा पनि अथाह सम्भावना रहेकाले भविष्यमा कर्णाली क्षेत्रको ठूलो विकास हुने विचार प्रकट गर्नुभयो ।

सुन्दर कालीकोट ः समृद्ध कालीकोट नामक संस्थाका अध्यक्ष भूपेन्द्रजंग शाही, डा कृष्ण देवकोटा, डा ललितजंग शाही, उद्योगपति नवीन्द्र अग्रवालले कालीकोटको विकासका सम्भावनाबारे बोल्नुभएको थियो ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००