५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

राससकर्मी सुवेदी सम्मानित



नवलपरासी, १७ भदौ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य एवं राससकर्मी पुरुषोत्तम सुवेदीलाई आज गृहजिल्ला नवलपरासीमा सम्मान गरिएको छ ।

रामग्राम सन्देश साप्ताहिक पत्रिकाको आयोजनामा विभिन्न सरोकारवालाले पत्रकार सुवेदीलाई सम्मान गरेका हुन् ।

सम्मान ग्रहणपछि बोल्दै पत्रकार सुवेदीले यो जित आफ्नो मात्र नभई आम श्रमजीवी पत्रकारको पक्षमा भएकाले आफूले श्रमजीवीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रामग्राम साप्ताहिकका प्रकाशक एवं नागरिक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा सरोकारवालाले पत्रकार सुवेदीको कार्यकाल सफलताको कामना गर्नुभएको थियो ।

दुई÷दुई पटकसम्म नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको सचिवको जिम्मेवारी निर्वाह गरी सक्नुभएका सुवेदी हालै काठमाडौँमा सम्पन्न महासंघको महाधिवेशनबाट प्रदेश नं ५ तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सुवेदी राष्ट्रिय समाचार समिति (रासस) अञ्चल कार्यालय बुटवलमा सहायक समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ । सुवेदी विगत १३ वर्षदेखि विभिन्न सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००