४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मुख्य खबर

दुई विद्यालयलाई इन्टरनेशनल स्कुल अवार्ड



पाल्पा, १७ भदौ । जिल्लाका दुई संस्थागत विद्यालयले ‘ब्रिटिस काउन्सिल इन्टरनेसनल स्कुल अवार्ड’ पाएका छन् ।

अवार्ड पाउनेमा सदरमुकाम तानसेनस्थित बेथल इङ्लिस बोर्डिङ स्कुल र माथागढी गाउँपालिका–३, सराईस्थित माउण्टभ्याली इङलिस स्कुल ले अवार्ड जितेका हुन् ।

ब्रिटिस काउन्सिल र शिक्षा मन्त्रालयद्वारा प्रदान गरिने सो अवार्डमा देशभरका १०० भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालय प्रतिस्पर्धामा थिए । पाठ्यक्रमको परिधिभित्र रहेर शिक्षण पद्धतिमा नवीनतम अन्तरराष्ट्रिय आयाम अवलम्बन गरेबापत विद्यालयलाई यस्तो विश्वव्यापी मान्यता प्रदान गर्ने पद्धति रहेको बेथल इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल खेमबहादुर सारुले बताउनुभयो ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००