५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

बसपार्क सञ्चालनमा



काँकडभिट्टा (झापा), १५ भदौ । मेचीनगर–७ प्यारीभिट्टामा निर्माण गरिएको बसपार्क सञ्चालनमा आएको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट छुट्ने सबै बसलाई पार्किङ सुविधा प्रदान गर्नका लागि मेचीनगर नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएर ६ वर्षअघि सो बसपार्कको निर्माण शुरु गरेको थियो ।

दाताबाट प्राप्त पाँच बिघा चार कठ्ठा जग्गामा निर्माण गरिएको सो बसपार्क रु ११ करोड १४ लाख ७२ हजारको लागतमा निर्माण गरिएको हो । नगरविकास कोषको रु सात करोड ७७ लाख ऋण रहेको मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले बताउनुभयो ।

मेचीनगरका संस्थापक नगर प्रमुख तथा सांसद रवीन कोइरालाले आज सो बसपार्कको उद्घाटन गर्नुभएको हो । सो अवसरमा जग्गादाता शिवकुमार थापा, ईश्वर थापा, पदमकुमारी थापा, शक्ति थापा, विमला थापा, मेनुका थापा, टंकमाया थापा, खगेन्द्र उप्रेती, ध्रुवकुमार शिवाकोटी, तेजप्रसाद शिवाकोटी, गोमाकुमारी कट्टेल र नरेन्द्र शिवाकोटीलाई सम्मान गरिएको थियो ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००