२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय : राज्यमन्त्री अधिकारी



काठमाडौँ, १५ भदौ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिने बताउनुभएको छ ।

आज १० आँै पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षाको गुणस्तरका लागि प्रत्येक विद्यालयमा चाँडो भन्दा चाँडो ई–पुस्तकालय स्थापना गर्ने बताउनुभएको हो ।

प्रत्येक विद्यालयमा पुस्तकालय हुनु आवश्यक भएकाले एक विद्यालय एक पुस्तकालयको अवधारणाअनुसार नै ई–पुस्तकालय बन्ने राज्यमन्त्री अधिकारीले जानकारी दिनुभयो ।
निमित्त शिक्षा सचिव डिल्ली रिमालले मन्त्रालयले चाँडै पुस्तकालय नीति ल्याइने र पुराना पुस्तकलाई बाहिर निकालेर पढ्ने ठाउँको खोजीमा आफूहरु रहेको बताउनुभयो ।

कार्यक्रममा यस वर्षको उत्कृष्ट पुस्तकालय पुरस्कार ज्ञान विकास सामुदायिक पुस्तकालयलाई दिइएको छ ।

यसैगरी उत्कृष्ट पुस्तकालय समाजसेवी पुरस्कार भोलानाथ शर्मालाई, पुस्तकालयसेवी पुृरस्कार सूर्य क्षेत्रीलाई, पुस्तकालय असलमित्र पुरस्कार दिनेशराज पन्तलाई प्रदान गरिएको छ ।

‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने मूलनाराका साथ आज देशभरि पुस्तकालय दिवस मनाइएको छ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००