३१ बैशाख २०८१, सोमबार । May 13, 2024

मुख्य खबर

मोटरसाइकलबाट खसेर एकको मृत्यु



 

बनेपा, १५ भदौ । काभ्रेपलाञ्चोकको पाँचखाल–२ बाट बिरामी भएका कारण उपचारका लागि अस्पताल ल्याइँदै गरेका एकजनाको मोटरसाइकलबाट खसेर गएराति मृत्यु भएको छ ।

बा ८ प ५७४७ नम्बरको मोटरसाइकल अनियन्त्रित हँुदा खसेर धुलिखेलस्थित अस्पतालचोकमा गम्भीर घाइते भएका ५३ वर्षीय भुलुङ तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

मोटरसाइकलमा सवार थप दुईजना आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००