४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मुख्य खबर

राहत वितरण



हुम्ला, १० भदौ । अविरल वर्षाले खार्पुनाथ गाउँपालिका–१ का ताक्लाका सौरे बोगटीको चारकोठे घरमा अन्नबाली, लत्ताकपडा, भाँडाकुँडा गरी रु सात लाख २५ हजार २५० बराबरको क्षति भएको छ ।

नेपाल रेडक्रस सोसाइटी हुम्लाले शुक्रबार निजलाई पाल, कम्बल, भाँडाकुँडा र लत्ताकपडा वितरण गरेको रेडक्रसका मन्त्री छेपालदोर्जी लामाले जानकारी दिनुभयो ।
त्यस्तै सिमीकोट गाउँपालिका वडा नं २ ठेहेका कर्णजित बोहराकोे चारकोठे भवन नष्ट भई घरमा भएका सम्पूर्ण सामान क्षति भएकाले रु चार लाख २० हजार ८४० क्षतिपूर्तिका लागि निवेदन पेश गर्नुभएको छ ।

प्रकाशित : १० भाद्र २०७४, शनिबार ००:००