२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

संशोधनले जनताबीच झैझगडा हुने भएकाले असफल गराएकोः उपाध्यक्ष गौतम



काठमाडौँ, ७ भदौ । नेकपा ९एमाले० का उपाध्यक्ष बामदेव गौतमले पहाड र तराईका जनताबीच विद्वेष फैलाउने भएकाले संविधान संशोधन प्रस्ताव असफल गराएको बताउनु भएको छ ।

एमाले निकट बुद्धिजीवी परिषद्द्वारा आज यहाँ ‘समसामयिक राष्ट्रिय राजनीतिक र एमालेको भूमिका’ विषयको गोष्ठीमा उहाँले संविधान संशोधनले जनताबीच झैझगडा हुने भएकाले फेल गराएको बताउनु भयो ।

“संशोधन प्रस्तावले तराईलाई मात्र प्रदेश बनाउने र जनताका अधिकार कटौती गर्ने थियो”–उहाँले भन्नुभयो, “स्थानीय तह र प्रदेशको अधिकार खोस्ने भएकाले हामीले नै संशोधन प्रस्ताव फेल गराएका हौँ ।”

उहाँले तीन तहको निर्वाचन माघ ७ गते गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आवश्यक रहेको भन्दै त्यसका लागि एमालेले जोड दिइरहेको बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य टंक कार्कीले भारतले नेपालको स्वतन्त्रतामाथि सधैँ प्रश्न उठाउने भएकाले भारतसँग सधैँ सचेत हुनुपर्ने बताउनुभयो । सांसद प्रा डा गणेशमान गुरुङ, एमाले बुद्धिजीवी परिषद्का अध्यक्ष प्रा डा दिनेशचन्द्र देवकोटाले एमालेका कारण संविधान आएकाले नेपाली जनताका अधिकारलाई खोस्ने प्रयास गरेपनि संविधानबाटै बचाउनुपर्ने बताउनु भयो ।

प्रकाशित : ७ भाद्र २०७४, बुधबार ००:००