३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

लागुपदार्थविरुद्धको अभियानमा शान्ति समाज



काठमाडौँ, १४ साउन । मानव अधिकार तथा शान्ति समाजले लागुपदार्थविरुद्धको अभियानलाई तीव्ररुपमा अघि बढाउने भएको छ ।

समाजको काठमाडौँ शाखाको २०औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै वक्ताले लागुपदार्थविरुद्धको अभियान गोकर्णेश्वर नगरपालिकाका विद्यालयबाट तीव्र पारिने घोषणा गर्नुभयो ।

कार्यक्रममा सांसद रामेश्वर फुयाँलले समाजले शुरु गर्न लागेको लागुपदार्थविरुद्धको अभियानलाई साथ र सहयोग गर्ने बताउनुभयो । “मानव अधिकार संस्कृतिको स्थापनाका लागि महत्वपूर्ण योगदान गरेको समाजले सामाजिक सुधारका लागि शुरु गरेको लागुपदार्थ दुव्र्यसनविरुद्धको अभियानमा हामी सघाउँछौँ”– उहाँले भन्नुभयो ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले देश विखण्डनको अभिव्यक्ति दिनेविरुद्ध आफूले कार्यक्रम ल्याउने तयारी गरेको सुनाउनुभयो । “व्यक्ति, दल र प्रवृत्तिलाई गाली गर्न सकिन्छ, तर राष्ट्रलाई गाली गर्ने एवं देश टुक्र्याउँछु भन्दै हिँड्नेलाई क्षमा गर्न सकिँदैन”– उहाँले भन्नुभयो ।

समाजका सभापति गंगाधर अधिकारी र महासचिव उत्तम पुडासैनीले गोकर्णेश्वर नगरपालिकाका ९९ विद्यालयबाट लागुपदार्थविरुद्ध सचेतना अभियान शुरु गरिने जानकारी गराउनुभयो ।

सभाले रामकृष्ण बरालको सभापतित्वमा दुईवर्षे कार्यकालका लागि १५ सदस्यीय समितिसमेत गठन गरेको छ । कार्यसमितिका उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः रुपा गिरी, जगन्नाथ पुडासैनी, रामचन्द्र खतिवडा र गोकर्णमणि पुडासैनी निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रकाशित : १४ श्रावण २०७४, शनिबार ००:००