६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

ग्लोबल

अमेरिकामा नेपाल आदिवासी चलचित्र महोत्सव हुने



न्यूर्योक । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ९ँक्ष्एल्ब्०ले आगामीे अगस्त २५ देखि २७ सम्म न्यूर्योकमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव न्यूर्योक २०१७’ अयोजना गर्ने भएको छ ।
आदिवासी जनजातिका भेषभूषा, मातृभाषा, कला संस्कृति र पहिचान भएका चलचित्रहरू महोत्सवमा समावेश गरिनेछ ।
आदिवासी चलचित्रहरूको पहुँच र विस्तारलाई प्रमुख लक्ष्य बनाउँदै तीन दिनसम्म महोत्सव सञ्चालन गर्न लागिएको हो ।
महोत्सवले आदिवासी तथा सिमान्तकृत जनजातिका कला, भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धन कार्यमा टेवा पुर्याउने लक्ष्य लिइएको छ ।
महोत्सवमा समावेश गरिने चलचित्र पछिल्लो ५ वर्षको अवधिमा बनेको हुनुपर्नेछ । प्रत्येक जातिको आधिकारिक संस्थाबाट सिफारिस भई आएका ५ वटा चलचित्रलाई महोत्सवका लागि छनोट गरिनेछ ।
जसमध्येबाट पनि प्रत्येक जातिका उत्कृष्ट दुई वटा चलचित्रलाई मात्रै महोत्सवमा समावेश गराइने आयोजकले जनाएको छ ।
नौ वटा विधामा नगद पुरस्कार प्रदान गरिने महोत्सवका लागि हालसम्म ३५ वटा चलचित्रहरू दर्ता भइसकेका छन् ।
‘मूलधारका भनिने चलचित्रहरूको जगजगी चलिरहेको बेला आदिवासीका कथा समावेश भएका चलचित्र निर्माण गर्दै आदिवासीका नयाँ पुस्तालाई समेत शिक्षित गर्दै लानुपर्ने आजको आवश्यकता हो,’ महोत्सवका संयोजक मणि वाङदेल भने ‘आदिवासीका पहिचान, मैलिकता र संस्कृतिलाई संरक्षण गर्दै आदिवासी अधिकार प्राप्तिको संघर्षलाई अगाडि बढाउने अभिप्रायले महोत्सव आयोजना गर्न लागिएको हो ।’
संयुक्त राष्ट्र संघका प्रतिनिधिसमेत सहभागी हुने आदिवासी चलचित्र महोत्सवलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने वाङदेलले बताए ।

प्रकाशित : ५ श्रावण २०७४, बिहिबार ००:००