७ जेष्ठ २०८१, सोमबार । May 20, 2024

मुख्य खबर

राजविराज जेसिज भवनमा आगजनी



राजविराज, २७ असार । सप्तरीको राजविराजमा रहेको राजविराज जेसिज भवनमा आज बिहान आगजनी भएको छ ।

सो आगजनीबाट भवनमा क्षति हुनका साथै कार्यालयभित्र रहेका छवटा प्लास्टिकका कुर्सी जलेर नष्ट भएको सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । साथै, सो भवनको केही सिसासमेत फुटेको प्रहरीले बताएको छ ।

यता आगो कसले र किन लगाएको भन्ने खुल्न नसकेको र जेसिज भवनमा आगो लगाउने दोषीमाथि कडा कारबाही हुने प्रहरी नायब उपरीक्षक उप्रेतीले बताउनुभयो ।

प्रकाशित : २७ असार २०७४, मंगलबार ००:००