६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

धरान उपमहानगरमा एमाले विजयी



धरान । पूर्वको सुन्दर नगरी सुनसरीको धरान उपमहानगरपालिकामा एमाले विजयी भएको छ । एमालेका तारा सुब्बा मेयर र मन्जु भण्डारी उपमेयरमा विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार एमालेका सुब्बाले कांग्रेसका तिलक राईलाई पराजित गर्दे विजयी भएको हो ।

यस्तै उपमेयरमा एमालेका मन्जु भण्डारी कांग्रेसका श्यामा रेग्मीलाई हराउँदै विजयी भइन् । एमाले धरानले विजयी जुलसको तयारी भइरहेको बताएका छन् ।

२० वटा वडा रहेको धरानमा उपमहानगरमा एमाले १४ वटा र कांग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वटा जितेको छ । वडा न। ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० एमालेले जितेको छ । त्यस्तै कांग्रेसले १, २, ५, १४ र १८ जितेको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १७ वडा जितेको छ ।

प्रकाशित : २६ असार २०७४, सोमबार ००:००