४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मुख्य खबर

बाढी पूर्वतयारी



नेपालगन्ज, २६ असार । बाँके जिल्लामा मनसुने झरी सुरु भएपछि जिल्ला प्रशासन कार्यालयले बाढी तथा डुबानबाट नागरिकको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रविला पन्थकाअनुसार, मनसुन शुरु भएपछि सम्भावित बाढी तथा डुबानबाट नागरिकलाई पूर्व सूचना दिने पद्धतिलाई पनि सक्रिय बनाइएको छ भने उद्धार तथा राहतका लागि विपद् पूर्वतयारीका सम्पूर्ण कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको छ ।

मध्यपश्चिमाञ्चलका पहाडी जिल्लासहित बाँकेमा विगत तीन दिनदेखि निरन्तर वर्षा भइरहेकाले राप्ती नदीमा आउन सक्ने बाढी तथा खहरे खोलामा आउन सक्ने भेललाई समेत दृष्टिगत गरी प्रतिकार्य योजना तयार पारिएको जनाइएको छ ।

बाँके जिल्लाको गङ्गापुरमा तयारी खाना (फास्ट फुड) भण्डारण गरी राखिएको छ । प्रजिअ पन्थका अनुसार, बाढीबाट प्रभावित हुने सम्भावित स्थानमा उद्धारकर्मीलाई समेत तयारी अवस्थामा राखिएको छ ।

राप्ती नदीे तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, मटेहिया, बेतहनी, कचनापुर, बैजापुर, बिनौना तथा मानखोलामा आउने बाढीले उढरापुरलगायतका क्षेत्रमा असर पु¥याउने गरेको छ ।

बाँकेमा करिब १५ हजार मानिस बाढी र डुबानबाट प्रभावित हुने गरेका छन् । विपद्का क्षेत्रमा काम गर्ने १० वटा ‘कलस्टर’लाई आ–आप्mनो जिम्मेवारीका साथ तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको प्रजिअ पन्थले जानकारी दिनुभयो ।

प्रकाशित : २६ असार २०७४, सोमबार ००:००