३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

उत्कृष्ट खेलाडी सम्मानित



भक्तपुर, २३ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विसं २०७३ मा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल १८ खेलका २८ जना खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडीका रुपमा आज यहाँ आयोजित कार्यक्रममा सम्मान गर्नुभएको छ ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो ।

सम्मानित हुने खेलाडीमा एथलेटिक्सका अन्तर्राष्ट्रिय खेलाडी कान्छीमाया कोजुसहित फुटबलका किशोर सुवाल, बुद्धीचालका विक्रम जती र सविना श्रेष्ठ, बास्केटबलका कृशा डन्डेख्या, लन टेनिसका कृष्ण गोविन्द कासुला, बक्सिङका प्रकाशकुमार विष्ट र नीता गोसाईं, टेबल टेनिसका रेखान तामाङ र मन्जु सुवाल, तेक्वान्दो किरण सितिखु र एलिशा लामा, क्रिकेट राज तुलाधर, शारीरिक सुगठनका अमितकुमार मण्डल रहेका छन् ।

त्यसैगरी उसुका कान्ति लामा र अन्जली श्रेष्ठ, कबडी सिर्जन प्रजापति र कृष्मा दुवाल, जिम्नाष्टिकका उज्वल तिवारी र तारा शिवाकोटी, भलिबल लाक्पा तामाङ र एलिशा भुजु, ब्याडमिन्टनका रविन घेमोसु र पूर्णिमा लाखे, सितेरियो करातेका सुवास परियार र करुणा श्रेष्ठ, किक बक्सिङ प्रकाशबहादुर शाही र भारोत्तोलनका कमला श्रेष्ठ रहेका छन् ।

प्रकाशित : २३ असार २०७४, शुक्रबार ००:००