३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

दमक नगरपालिकामा एमाले विजयी



दमक, २३ असार । झापाको दमक नगरपालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ ।

यसअघि आफ्नो वचश्र्व राख्दै आएको दमक नगरमा यसपटक समेत एमालेले आफ्नो बलियो उपस्थिति कायम गर्न सफल भएको छ । एमाले अध्यक्ष केपी ओलीको गृह नगरका रुपमा चिनिने दमकमा एमालेले अभूतपूर्व जित हासिल गरेको हो ।

दमक नगर प्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा गीता अधिकारी निर्वाचित हुनुभएको हो ।

निर्वाचित ओलीले १० हजार ८०६ मत ल्याउनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार थापाले सात हजार ६५५ मत प्राप्त गर्नुभएको थियो । नगर प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरी (गगन) ले छ हजार ८९८ र नेपाली काँग्रेसका उम्मेदवार ढुण्डीराज भण्डारीले पाँच हजार ५३९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी निर्वाचित उपप्रमुख अधिकारीले १२ हजार ६२५ मत ल्याउनुुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रेगिना भट्टराईले आठ हजार ९१२ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी दमक नगरका १० वटा वडामध्ये एमालेले आठ वटा वडामा प्यानलनै जित हासिल गरेको छ । दमक १ र ७ वडामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले जित हासिल गरेको छ । निर्वाचित वडा नं १ बाट ताराप्रसाद अधिकारी, वडा नं २ बाट प्रजापति सापकोटा, वडा नं ३ मा नवीन बराल, वडा नं ४ मा कुमार साम्सुहाङ, वडा नं ५ मा इन्द्र गुरुङ, वडा नं ६ मा टेकबहादुर थापा, वडा नं ७ मा भिम पौडेल, वडा नं ८ मा पशुपतिराज गौतम, वडा नं ९ मा रामप्रसाद धिमाल र वडा नं १० बाट बोधराज न्यौपाने वडाध्यक्षमा विजयी हुनुभएको छ ।

प्रकाशित : २३ असार २०७४, शुक्रबार ००:००