५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

सिंहदरबारलाई प्लास्टिकको ओत



काठमाडौँ, २३ असार । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई वर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ । 

प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । फलामले आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पूरै भत्काएर पुनःनिर्माण गर्ने कि प्रबलीकरण गर्ने भन्नेमा प्राधिकरण र सहरी विकास मन्त्रालयबीच लामो समय विवाद चलेको थियो ।

पुरातत्वविद्, प्राधिकरण र मन्त्रालयका अधिकारीले सिंहदरबारको अवलोकन गरी पुरातात्विक महत्व बोकेको सिंहदरबारलाई नभत्काई प्रबलीकरण गर्ने निर्णय गरेका थिए । वर्षाअगावै प्रबलीकरण नसकिने भएकाले प्लास्टिकले छोपेर घामपानीबाट मूल भवनलाई जोगाइएको हो ।

प्रकाशित : २३ असार २०७४, शुक्रबार ००:००