६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

प्रदेश र स्थानीय तहमा परिषद् गठनको तयारी



काठमाडाँै, २२ असार । राष्ट्रिय युवा परिषद् नेपालले सङ्घीय संरचनामा जाने तयारी गरेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सङघीय संरचनाअनुसार सातवटै प्रदेश र ७४४ स्थानीय तहमा युवा परिषद् गठन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रदेश र स्थानीय तहमा परिषद् गठनका लागि अहिले नियम बनाउने गृहकार्य भइरहेको छ, उहाँले भन्नुभयो – ‘‘सङ्घीय संरचनाअनुसार हामी प्रदेश र स्थानीय तहमा परिषद् गठनको तयारीमा लागेका छौँ, यसका लागि लागि नियम बनाउने गृहकार्यमा लागेका छाँै ।

परिषद्ले प्रदेशमा सहसचिव र स्थानीय तहमा शाखा अधिकृतको नेतृत्वमा कार्यालय स्थापना गर्ने तयारीसमेत गरेको छ ।

गत वर्ष युवाको मुद्दालाई सम्बोधन गर्न सरकारले छुट्टै युवा परिषद् गठन गरेको थियो । अहिले ७५ जिल्लामा कार्यालय स्थापना गरेको परिषद्ले ६० जिल्लामा जिल्ला युवा समिति गठन गरेको छ ।

स्थानीय तहका युवाको क्षमतावृद्धि र स्वरोजगार बनाउने उद्देश्यले सवै स्थानीय तहमा नगर÷गाउँ युवा परिषद् गठन गर्न थालिएको जानकारी दिदैं कार्यकारी उपाध्यक्ष ढुङ्गेलले सवै स्थानीय तहसंग सम्झौता गर्ने गरि कार्य अघि बढाइएको छ भन्नुभयो ।

प्रकाशित : २२ असार २०७४, बिहिबार ००:००