५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

ग्लोबल

इन्डोनेसियामा सानो विमान दुर्घटना, पाँचको मृत्यु



जाकार्ता, २२ असार । इन्डोनेसियाको पपुवा प्रान्तमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

इन्डोनेसियाली वायुसेवामा भएको यो पछिल्लो दुर्घटना हो । यसअघि गत शुक्रबारमात्र पनि इन्डोनेसियाको जाभा प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा आठ जनाको मृत्युभएको थियो ।

इन्डोनेसियाको वामेना सहरबाट बुधबार मध्याह्न उडेको विमान त्यसको आठ मिनेटपछि टावरसँग सम्बन्ध विच्छेद भएको थियो ।

यो विमान वामेनाबाट छिमेकी प्रान्त नदुगाका लागि उडेको थियो । वामेना विमानस्थलबाट १४ किलोमिटर टाढा रहेको पहाडी इलाकामा बुधबार खसेको विमानका भग्नावशेष राति फेला परेका थिए ।

यस विमानमा तीन यात्रु र चालकदलका दुई जना सदस्य रहेका थिए । विमान चालक एक डच नागरिक थिए भने अरु इन्डोनेसियाली नागरिक थिए । उद्वारकर्ताहरुले पाँच व्यक्तिको शव फेला पारेको बताइएको छ ।

प्रकाशित : २२ असार २०७४, बिहिबार ००:००