६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

ग्लोबल

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प



ङकङ, २२ असार । फिलिपिन्समा बिहीबार ६.९ म्याग्निच्युडको भूकम्प गएको समाचार छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले बिहीबार सो जानकारी दिएको छ ।

फिलिपिन्सको पस्ट्रानाबाट छ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा भूकम्पको केन्द्रविन्दु भएको जनाइएको छ ।

तर यस समाचारको विस्तृत विवरणलगायत भूकम्पबाट भएको मानवीय र अन्य संरचनाको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । उद्वारकार्य जारी रहेको र क्षति भएको भएमा थप विवरण केही क्षणमा प्राप्त हुने प्रहरीले जनाएको छ ।

विश्वका अन्य देशको तुलानामा फिलिपिन्स बारम्बार भूकम्प जाने गर्दछ । यो पछिल्लो भूकम्प पनि शक्तिशाली रहेको बताइएको छ ।

यसैबीच प्राप्त अर्काे एक समाचारमा उक्त भूकम्पपछि सुनामीको खतरा भने नरहेको सार्वजनिक सूचना जारी गरिएको छ ।

प्रकाशित : २२ असार २०७४, बिहिबार ००:००