५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

बाढीपीडितलाई उचित प्रबन्ध मिलाउन एमालेको आग्रह



काठमाडौँ, १८ असार । नेकपा (एमाले) ले शुक्रबार आएको अविरल वर्षाका कारण सप्तरीबाट विस्थापित भएका बाढीपीडितको तत्काल उद्धार गरी बसोबासको प्रबन्ध मिलाउन माग गरेको छ ।

महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गरी सप्तरीको विभिन्न स्थानमा बाढीबाट भएको डुबान, कटान र मानवीय तथा भौतिक क्षतिबाट पार्टी दुःखी भएको भन्दै पीडितका लागि आवश्यक राहतको उचित व्यवस्था गर्न पनि माग गर्नु भएको छ ।

हरेक वर्ष जस्तो बाढीका कारण हुने डुबान र कटानको समस्या समधानका लागि दीर्घकालीनरुपमा ध्यान पु¥याउनुपर्छ, विज्ञप्तिमा भनिएको छ – “वस्ती तथा खेतीयोग्य जमिनलाई क्षति पु¥याउने सम्भावित खोलामा उचित तटबन्ध गरेर सुरक्षित बनाउन सक्नुपर्छ ।”

महासचिव पोखरेलले तराई–मधेसका बाढीपीडित वस्तीको पहिचान गरी दीर्घकालीन योजनाका साथ काम गर्न सरकारसँग माग गर्दै बाढीपीडितको उद्धार र राहतमा सक्दो सहयोग गर्न पार्टी मातहतका कमिटी तथा नेता–कार्यकर्तालाई निर्देशन दिएको विज्ञप्तिमा जनाएको छ ।

शुक्रबारको बाढीले सप्तरीमा करिब एक हजार पाँच सय घर डुबानमा परेको थियो ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००