५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौँ, १८ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आज राति १२.०० बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷दुईका दरले मूल्य घटाएको हो ।

यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर रु २५ घटाएको छ भने हवाई इन्धनमा आन्तरिकतर्फ पनि प्रतिलिटर रु चारले घटाएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु ९८, डिजल र मट्टीतेल प्रतिलिटर रु ७४, खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ३५० र हवाई इन्धन आन्तरिक प्रतिलिटर रु ८२ कायम भएको छ ।

निगमलाई अझै मासिक रु ४० करोड नाफा रहने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००