५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

अनुसन्धानमा नैतिकताको महत्व अपरिहार्य



पोखरा, १८ असार । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा र पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजनामा ‘अनुसन्धानमा नैतिकताको महत्व’ विषयक त्रिदिवसीय गोष्ठी आज यहाँ सुरु भयो ।

सो अवसरमा स्वास्थ्य विज्ञान सङ्कायका डीन डा खेमराज जोशीले अनुसन्धानमूलक शिक्षाका माध्यमबाट मात्र शैक्षिक क्षेत्रमा गुणस्तरीय कायम गर्न सकिने बताउँदै गुणस्तरीय शिक्षाका लागि अनुसन्धानमूलक शिक्षा अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालयका प्राध्यापक नवीन श्रेष्ठले अनुसन्धानका माध्यमबाट शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्न सकिने बताउनुभयो ।

कार्यक्रमको उपादेयताका बारेमा प्रकाश पार्दै पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक गुलाम मोहम्मद खाँले विश्वविद्यालयले अनुसन्धानलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालका अनुसार सम्बन्धन प्राप्त महाविद्यालय र पोखरा विश्वविद्यालयका २५ जना प्राचार्यको सहभागिता रहेको गोष्ठीमा प्रा राजेन्द्र विसी, प्रा कृष्णकुमार अर्याल, प्राध्यापक नवीन श्रेष्ठ, सहप्राध्यापक गुलाम मोहम्मद खाँ र उपप्राध्यापक रोजना ढकालले प्रशिक्षण दिनुहुने छ ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००