५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

सूचनामा सबैको सहज पहुँच हुनुपर्छ



काठमाडौँ, १८ असार । आम नेपाली नागरिकमा सूचनाको सहज पहुँच हुनुपर्ने आवश्यकतामाथि सहभागी वक्ताले जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आयोजनामा ‘सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन’सम्बन्धी आज यहाँ भएको अन्तक्र्रियामा उनीहरुले सरकारले सूचनाको हकसम्बन्धी ऐन ल्याए पनि अझै सर्वसाधारण सूचना पाउनबाट बञ्चीत भएको बताएका छन् ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पहिलेको तुलनामा सूचनाको प्रवाह बढी भए पनि अझै सरकारी कर्मचारीले सूचना लुकाउने गरेको उल्लेख गर्दै “सूचना दिँदा आफूलाई अप्ठ्यारो पर्छ भन्ने त्रासमा अझै कर्मचारी रहेका छन् भन्नुभयो ।”

सूचनाले भ्रष्टाचार र अनियमितालाई कम गर्ने हुँदा पत्रकारले सकेजति सरकारका सूचनालाई बाहिर ल्याउनुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो – “साना लगानीमा सञ्चालित आमसञ्चारमाध्यमलाई दिगो बनाउनका लागि समानुपातिक विज्ञापन लागू गर्न सरकारलाई महासङ्घले घच्घच्याइरहेको बताउनुभयो ।

राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमिल्सेनाले सूचनाको हकका बारेमा अझै पनि सर्वसाधारण अनभिज्ञ रहेको बताउँदै कानुनले तोकिए बमोजिमको सूचना सबैले अनिवार्य दिनुपर्छ भन्नुभयो ।

कतिपय सरकारी कार्यालयले अझै पनि तीन÷तीन महिनामा सूचना अद्यावधिक नगरेको बताउँदै उहाँले सर्वसाधारणसँग सूचनाको पहुँच पु¥याउनका लागि आयोगले अभियन्ता परिचालन गर्न तयारी गरिरहेको जानकारी दिनुभयोे ।

महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सन्तराम विडारीले पत्रकारले सूचनाको हकको प्रयोग गरी निर्भिक ढङ्गबाट कलम चलाउनुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००