२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

मनाङ खुला दिसामुक्त घोषणा



लमजुङ (बेसीसहर), १८ असार । हिमालपारिको जिल्ला मनाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमबीच जिल्लालाई ३९आँै खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

चार गाउँपालिका रहेको मनाङमा एक हजार २७५ घरधुरीमध्ये एक हजार २६५ घरधुरीमा शौचालय निर्माण भएसँगै खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । ९० प्रतिशत शौचालय निर्माण भएमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने प्रावधानअनुसार मनाङका ९९.६२ प्रतिशत घरमा शौचालय निर्माण भएपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । मनाङमा २०६८ सालदेखि खुला दिसामुक्त तथा सरसफाइ अभियान सुरु गरिएको थियो । स्थानीय तह पुनःसंरचनापछि भने खुला दिसामुक्त घोषणा हुने नेपालकै पहिलो जिल्ला मनाङ भएको छ ।
खुला दिसामुक्त घोषणा गर्नुअघि सदरमुकाम चामेमा विभिन्न संस्था तथा समूहले बाजासहित झाँकी ¥याली निकालिएको थियो । जिल्ला समन्वय समिति मनाङको सहयोग तथा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा घोषणा कार्यक्रम भएको हो ।

सन् २०१७ सम्ममा नेपाललाई नै खुला दिसामुक्त घोषणा गरिने लक्ष्य छ ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००