२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

मुख्य खबर

डोल्पाको पहिलो जिल्ला सभा बैठक सम्पन्न



डोल्पा(दुनै), १७ असार – निर्वाचन आयोगले तीनदिने निर्देशन जारी गरे पछि निर्वाचन सम्पन्न भएको डेढ महिनापछि डोल्पाको पहिलो जिल्ला सभा बैठक बसेको छ ।
भौगोलिक कारणले विशाल र विकट डोल्पाका विभिन्न स्थानीय तहहरुबाट जिल्ला सभाका सदस्यहरु आउन कठिन भएकाले ढिलागरी प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष सदरमुकाम पुगेपछि शुक्रवार अबेर पहिलो जिल्ला सभा बैठक बसेको जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी सागर मिश्रले बताए ।
निर्वाचित जिल्ला सभाका सदस्यहरु मध्ये जेष्ठ सदस्य त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको अध्यक्षतामा बसेको जिल्ला सभाको पहिलो बैठकले संविधानमा भएको ९ सदस्यीय जिल्ला समन्वय समिति कायम गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिदिन निर्वाचन आयोगमा सिफारिस गर्ने एउटा मात्र निर्णय गरिएको स्थानीय विकास अधिकारी मिश्रले जानकारी दिए ।
जिल्ला सभामा जिल्लामा रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरु मात्र सदस्य रहने संविधानमा व्यवस्था छ । डोल्पामा २ नगरपालिका र ६ गाउंपालिकाका १६ जना मात्र निर्वाचित सदस्य रहने छन् । यिनै १६ जनाले मात्र निर्वाचन आयोगको निर्वाचन तालिका बमोजिम बनेका उम्मेदवारहरुलाई मतदान गरेर संयोजक, उपसंयोजक र सदस्य गरी ९ जनाको जिल्ला समन्वय समिति गठन गर्नेछन् ।

 

 

नेपाल बुद्धिजीवि परिषदको अधिवेशन सुरु

 

डोल्पा(दुनै), १७ असार – नेकपा(एमाले) निकट बुद्धिजीविहरुको संगठन नेपाल बुद्धिजीवि परिषद जिल्ला कमिटी डोल्पाको चौथो जिल्ला अधिवेशन शनिवार सुरु भएको छ ।
भव्य रुपमा कविता, गीत लगायत सांगितिक कार्यक्रमका साथ सुरु भएको नेपाल बुद्धिजीवि परिषद जिल्ला कमिटी डोल्पाको चौथो जिल्ला अधिवेशन गर्न नेपाल बुद्धिजीव परिषद केन्द्रिय समितिका सदस्य एवम् नेपाल बुद्धिजीवि परिषद ६ नं. प्रदेशका सचिव लालप्रसाद पोखरेलले व्यान पढेर, नेकपा(एमाले) केन्द्रिय कमिटीका वैकल्पिक केन्द्रिय सदस्य हंशबहादुर शाहीले मैनबत्ति बालेर र नेकपा(एमाले) डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाले धुप बालेर शनिवार डोल्पाको सदरमुकाम दुनैमा एक भव्य कार्यक्रमका बिच संयुक्त उत्घाटन् गरेका हुन् ।
छोटो समयको सूचना गरिएको भए पनि उल्लेख्य उपस्थिति रहेको उद्घाटन् सत्र जिल्ला समन्वय समिति डोल्पाको सभाकक्षमा भएको थियो । उद्घाटन पछि बेलुकी ४ः५० बजेतिर बन्दसत्र सुरु भएको छ । सकेसम्म निर्विरोध गर्ने प्रयास गरिने तदर्थ समितिका संयोजक सुरेन्द्र ढकालले बताए ।
उद्घाटन सत्रमा अधिवेशन सफलताका लागि नेकपा एमालेसंग संवद्ध विभिन्न भातृ संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरु र नेकपा एमालेका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अधिवेशन आइतवारसम्म संचालन हुने छ ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००