३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

मुख्य खबर

इलाम–१०, सन्दकपुर–३ र माईजोगमाई–६ मा एमाले



इलाम, १६ असार । इलाम नगरपालिका–१० मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार रोम लुङ्गेली एक हजार १८७ मत ल्याएर समूहसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रिखिलाल गौतमले ९४० मत प्राप्त गर्नुभयो । यसैगरी सन्दकपुर गाउँपालिका–३ मा एमालेका वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद पाठक ९५४ मत ल्याएर समूहसहित विजयी हुनुभएको छ ।
त्यसैगरी माईजोगमाई–६ मा वडाध्यक्षसहित समूह नै एमाले विजयी भएको छ । सो वडामा भवानीप्रसाद लिङ्दम ८९३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रोहितकुमार थेवेले ४०५ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००