६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

खोटाङमा विद्युत् सेवा अवरुद्ध



खोटाङ, ११ असार । गार्इघाट–दिक्तेल ३३ केभी प्रशारण लाइनको विद्युत् अवरुद्ध हुँदा जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

शनिबार दिउँसोदेखि विद्युत् अवरुद्ध हुँदा जिल्लामा आइतबार बिहानैदेखि सबै प्रकारको टेलिफोन सेवा अवरुद्ध भएको हो । विद्युत्सँगै टेलिफोन सेवा अवरुद्ध भएपछि सर्वसाधारण मारमा परेका छन् ।

उदयपुरको चप्पन र बरुवाखोलाबीचमा समस्या आउँदा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण खोटाङ शाखाले जनाएको छ । विद्युतसँगै टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीय तहको निर्वाचनको कामकाज प्रभावित भएको छ । प्राधिकरणका अनुसार वर्षा र हावाहुरीका कारण विद्युत् अवरुद्ध भएको हो । अवरुद्ध विद्युत् सेवा सुचारु गर्न गार्इघाटबाट प्राविधिकको टोली खटिसकेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००