२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

मुख्य खबर

‘माओवादीकै नेतृत्वमा मुलुकमा आमुल परिवर्तन’



तुलसीपुर (दाङ), ११ असार । गृहमन्त्री जनार्दन शर्माले नेकपा (माओवादी केन्द्र) कै नेतृत्वमा मुलुकमा आमुल परिवर्तन भएको बताउनुभएको छ ।

तुलसीपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले समानुपातिक, समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता, अग्रगामी संविधान माओवादी केन्द्रकै नेतृत्वमा प्राप्त भएको बताउनुभयो । माओवादीले अलगअलग पृष्ठभूमि बोकेका दललाई एकै स्थानमा ल्याएर सहमतिका साथ नयाँ संविधान जारी गरेको बताउँदै मन्त्री शर्माले मुलुकको समृद्धि अबको लक्ष्य भएको प्रष्ट्याउनुभयो ।

मुलुकको समृद्धि माओवादीबाट मात्र सम्भव भएको दाबी गर्दैै उहाँले दाङलाई प्रदेश नं ५ को केन्द्र बनाउन आफूले प्रस्ताव गरको र त्यसलाई कसैले रोक्न नसक्ने बताउनुभयो । गृहमन्त्री शर्माले शान्ति सुरक्षा सुदृढ बनाइएकाले निर्धक्क भएर निर्वाचनमा सहभागी भई मतदान गर्न सबै मतदातालाई आह्वान गर्नुभएको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००