६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा



रत्ननगर (चितवन), ११ असार । पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज साँझ करिब ७ बजेबाट सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार चारवटा मेसिनको प्रयोग गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको हो । पहिरो हटेसँगै बीचबाटोमै रोकिएका सवारी गन्तव्यतर्फ जान थालेको उहाँको भनाइ छ ।

शुक्रबार कालिखोलामा प्रहरीको गाडी बगाएकै स्थानमा करिब ४० मिटर लामो पहिरो खसेर अपराह्न ३ बजेदेखि अवरुद्ध भएको सडक साँझ ७ बजेदेखि खुलाइएको हो । यसअघि शनिबार राति ९ बजे खसेको पहिरो पन्छाएर ११ घण्टापछि आज बिहान बाटो खुलाइएको थियो । त्यसको सात घण्टापनि बित्न नपाउँदै पुनः पहिरो खसेर अपराह्न ३ बजेबाट सडक अवरुद्ध भएको थियो ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००