६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

उपचार खर्चमा पत्रकारलाई २५ प्रतिशत छुट



ताप्लेजुङ, ९ असार । झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले मेची अञ्चलका पत्रकारको उपचार शुल्कमा २५ प्रतिशतसम्म छुट दिइने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले अस्पतालका कर्मचारीसरह यहाँका पत्रकारलाई ओपिडीबाहेक अन्य उपचार खर्चमा साउन १ गतेबाट उक्त छुटको व्यवस्था गरिएको बताउनुभयो ।

पत्रकार महासङ्घको सदस्यता लिई क्रियाशील रहेका पत्रकारलाई मात्र यो सुविधा प्रदान हुनेसमेत उहाँले बताउनुभयो ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००