६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

निर्वाचन शान्तिपूर्ण भयरहित र सद्भावपूर्ण बनाउन धर्मगुरुद्वारा अपिल



खजुरा (बाँके), ९ असार । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा धार्मिक गुरुहरुले चुनावलाई शान्तिपूर्ण भयरहित र सद्भावपूर्ण बनाउन सार्वजनिक अपिल गर्नु भएको छ ।

हिन्दू धर्मका गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, सिख्ख धर्म गुरु दलजित सिंह, बौद्ध धर्म गुरु गुनबहादुर लामा र क्रिश्चियन धर्म गुरु बेञ्जामिन श्रेष्ठले २० वर्षपछि हुुन लागेको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित, निष्पक्ष र सद्भावपूर्ण तरिकाले सफल बनाउन सामूहिक प्रतिबद्धता गर्नु भएको हो ।

उहाँहरुले मुुस्लिम धर्मावलम्बीको महान् चाड इदुुल फित्रको अवसरमा एकआपसमा शुुभकामना व्यक्त गर्दै सद्भावको वातावरण तयार गरी आ—आफ्ना धार्मिकस्थलबाट सामाजिक सद्भावको सन्देश फैलाउने समेत सामूहिक लिखित प्रतिबद्धता जनाउनु भयो ।

सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र नेपालगन्जद्वारा बिहीबार आयोजित एक कार्यक्रममा धर्मगुरुले यस्तो सार्वजनिक अपिल गर्नु भएको हो । अहिले स्थानीय तहको निर्वाचन र मुस्लिम धर्मावलम्बीको महान् चाड इदुल फित्रसँगै परेको हुनाले सामाजिक सद्भावको विषय प्रमुख बनेको हो ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००