५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

छापा खबर

एसपी चन्दको खास हैसियत !



महेन्द्रनगर । कञ्चनपुरको प्रहरी प्रमुखको हैसियतमा रहेका एसपी प्रकाश बहादुर चन्दको निर्देशनमा दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्ट गणेशदत्त भट्टलाई शनिबार दिउसो पक्राउ गरिनुको पछाडी कञ्चन र पुजा प्रकरण मात्र नभई प्रहरीका अन्य ज्यादती पनि जोडिन आउछन् ।

जिल्लाको प्रहरी प्रमुख भई कञ्चनपुर आएका एसपी प्रकाश बहादुर चन्दले बर्दीको आडमा गरेका विविद्य ज्यादती विरुद्ध दैनिक मानसखण्डले समाचार छापेको थियो ।

प्रकरण १ : प्रभु सहकारीका अध्यक्ष तिलक चन्दको रकम ठगी र प्रहरीको फितलो अनुसन्धान

महेन्द्रगरको प्रभु बचत तथा तथा सहकारी संस्थाका अध्यक्ष तिलक विक्रम चन्दले सेयर सदस्यबाट झन्डै ८ लाख रकम लिएर फरार भएको विषयमा कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दले आवश्यक कारवाही अगाडी नबढाई महिना दिन सम्म प्रहरीले मुदा दर्ता गरेको थिएन ।

सहकारीले ठगि गरेको भन्दै अध्यक्ष चन्द फरार रहेको पीडित व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीको आधारमा प्रहरीले आवश्यक कारबाही नथाल्दा पीडित दैनिक मानसखण्डको सम्पर्कमा गएका थिए । दैनिक मानसखण्डले सो ठगी प्रकरणमा एसपी चन्दको समेत मिलमतो रहेको विषयलाई प्राथमीकता दिदै नियमीत समाचार प्रकाशन गरेको थियो ।

अन्तः पीडितले रकम फिर्ता पाएपनि ठग चन्दमाथी प्रहरीले कारबाही अगाडी बढाएको थिएन् । उक्त विषयमा दैनिक मानसखण्डले बैशाख १० गते आईतबारको अंकमा प्रभुका मालिक ८ लाख कुम्ल्याएर फरार, जिप्रकाका अधिकारीको शंकास्पद अभिव्यक्ति शीर्षकको समाचार छापेको थियो । प्रहरीले अध्यक्ष चन्दलाई पक्राउ गरेको विषय बाहीर आएको भएपनि प्रहरीले सञ्चार माध्यममा सार्वजनीक गरेको थिएन् ।

प्रकरण २ :पिडितलाई हिरासत 

एसपी चन्दले बर्दीको दुरुपयोग गर्दै कञ्चनपुरको एक विद्यालयमा अध्यापन गराए बाफत पारिश्रमीक नपाएका पीडित शिक्षकलाई शक्तिको आडमा हिरासतमा लिएका थिए । महेन्द्रनगरको जानकीकन्या माध्यमिक विद्यालयकी शिक्षिका तथा प्राधानाध्यापक अञ्जुला भट्टले अदालतको मानहानीको मुदा फिर्ता गराउन दबाब दिने उदेश्यले विद्यालयका पुर्व शिक्षक क्रतुराज भट्टलाई थुनामा पुर्‍याएकी थिईन् ।

जसमा प्रहरीको मिलमतो रहेको थियो । जानकी कन्या माध्यमिक विद्यालयका शिक्षक क्रतुराजले दैनिक मानसखण्डमा प्रकाशीत समाचारको पोष्ट गरेको समाचार फेसबुकमा सेयर गरेको भन्दै उनलाई हिरासतमा पुर्‍याइएको थियो । उक्त घटनामा शक्तिको आडमा प्रहरीले गरेको दादागरी विरुद्ध दैनिक मानसखण्डले समाचार छापेको थियो ।

जुन समाचारमा रुष्ट हुदै एसपी चन्दले आफ्नै एक प्रहरी अधिकृतबाट दैनिक मानसखण्डलाई टेलिफोन सम्पर्क गर्न लगाई आफ्नो बेईज्जती भएको भन्दै प्रतिक्रिया दिन लगाएका थिए । जेठ २५ गते बिहीबारको अंकमा सो घटना र प्रहरी दादागिरी विरुद्ध समाचार सार्वजनीक भएको थियो । सो घटनामा प्रहरीले शक्तिको आडमा पीडितलाई धम्क्याउन खोजेको थियो ।
माथि उल्लेखीत दुई प्रकरण तथा अन्य स–साना घटनामा  प्रहरीले पक्राउ गर्ने आधार तय गर्न नसकेपछि अन्ततः आएर पुजा र कञ्चन प्रकरणमा उनीहरुका अभिभावकलाई आर्थिक प्रलोभजन देखाई मुदा उल्ट्याउन खोजेको दाबि छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक चन्द र प्रहरी नायब नीरिक्षक भीमप्रसाद दाहालले दार्चुलाबाट कञ्चन नाथ र पुजा नाथका अभिभावकलाई कञ्चनपुर झिकाई मानसखण्ड विरुद्ध मुदा दर्ता गर्न लगाएर आफु चोखिन खोजेको छ ।

प्रहरी प्रवक्ता तथा नायब उपरिक्षक दाहालले अभिभावकले पत्रिकाले छोरीको बारेमा समाचार प्रकाशित गरी बेइज्जत गर्न खोजेको भनि दाबि गरिएपनि कञ्चन र पुजालाई प्रहरी हिरासतबाट मुक्त गराइएका छैन् । मदिरा सेवन गरि होहल्ला गरेको भन्दै पक्राउ गरिएका दुवै युवती विरुद्ध प्रहरीले सार्वजनीक अपराधको मुदा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढेको दाबि गरेको छ । तर स्रोतका अनुसार युवतीका अभिभावकलाई एसपी चन्दले आर्थिक प्रलोभन देखाई मानसखण्ड विरुद्ध मानहानी मुदा दर्ता गराएर सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई नियन्त्रणमा लिने प्रपोकान्डा रचेको हो ।  जुन घटनामा एसपी चन्दको प्रतिष्ठाको सवाल जोडिएको छ ।

दैनिक मानसखण्डले नीरन्तर रुपमा युवती प्रकरणलाई प्राथमिकता दिई समाचार प्रकाशन गर्न थालेपछि सीमित झोकलाई पुरा गर्न यस्तो जाल रचेको हो । जुन जाल गैर न्यायीक छ । प्रहरीले पत्रकारलाई कारबाही गर्ने छुट्टै नीकाय छ भन्ने कुरा बुझ्दा बुझदै प्रेस स्वतन्त्रता माथी दमन गर्दै सम्पादक र कार्यकारी सम्पादकलाई हिरासतमा लिएको सायद यो नौलो घटना हो । पत्रिकामा समाचार प्रकाशन भएको विषयमा चित्त नबुझे सम्बन्धीत व्यक्तिले उजुरी गर्ने अदालत र प्रेस काउन्सील हुदाहुदै प्रहरीले यो घटनामा बखेडा झिकेको छ । जुन पुर्ण रुपमा गैर न्यायीक रहेको छ ।

पत्रकार आचारसंहिता यस्तो छ :
पत्रकारको काम कारबाही ठिक नभएमा आवश्यक कारबाही प्रत्रिया थाल्न सक्ने प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता २०७३ मा उजुरी र कारवाही सम्बन्धी प्रष्ट व्यवस्था छ । पत्रकार आचारसंहिता २०७३ को दफा ६ उपदफा १ को क मा प्रष्ट लेखिएको छ कुनै सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचार समाग्री तथ्यहीन, भ्रामक र असन्तुलीत भएको लागेमा सो बाट पर्ने व्यत्ति, समुदाय वा संस्थाले सम्बन्धीत सञ्चार माध्यममा आफ्नो प्रतिक्रिया वा खण्डन पठाउन सक्नेछ ।

उपदफा १ कै ख मा भनिएको छ खण्ड क बमोजिम सम्बन्धीत सञ्चार माध्यमले प्रतिक्रिया वा खण्डन प्रकाशन वा प्रशारण नगरेमा वा चित बुझ्दो जवाफ मर्का पर्ने पक्षले पैतिस दिन भित्र काउन्सीलमा उजुर गर्न सक्ने छ । तर त्यस्तो म्याद भित्र उजुर गर्न नसकेमा मुनासिब कारण देखाउन सकेमा काउन्सिलले म्याद नाघेपछि पनि त्यस्तो उजुरी लिन सक्नेछ ।
तर दैनिक मानसखण्डका अनुसार हाल सम्म समाचारका विषयमा कसैबाट पनि प्रतिक्रिया वा खण्डन प्राप्त भएको छैन् । तर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्ष चन्दले पत्रकार सम्मेलन मार्फत समाचारमा सत्यता नभएको दाबि गरेका थिए ।

सम्पादक भण्डारीको प्रतिक्रिया

प्रहरीले पक्राउ गरेपछि पत्रकार खेम भण्डारीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीले समाचार लेखेकै भरमा पक्राउ गरिनु प्रेस स्वतन्त्रता माथीको ठाडो हस्तक्षेप भएको बताएका छन् । प्रहरी ज्यादती विरुद्ध छापिएको समाचारकै भरमा रिस साध्न आफ्नो संचारगृह बन्द हुने गरि आफु र कार्यकारी सम्पादकलाई पक्राउ गरेको बताए । ‘यो प्रेस स्वतन्त्रता माथीको ठ’लो प्रहार हो, ‘उनले भने, ‘समाचार लेखेकै भरमा अपहरण शैलीमा प्रहरीले हामीलाई पक्राउ गर्‍यो .’

प्रहरीमा दर्ता नहुने मुद्दा प्रहरीले पीडितलाई उस्काएर आफुहरु बिरुद्ध जबरजस्ती मुद्दा दर्ता गराएर लफडा मच्चाएको भण्डारीको बताए । ‘यो प्रेस स्वतन्त्रता बिरुद्धको सरा सर कदम हो, ‘उनले भने, ‘म र मेरो सस्था यो मुद्दाको सामना गर्न तयार छ ।’

 

-मानसखण्ड

प्रकाशित : ४ असार २०७४, आइतबार ००:००