९ बैशाख २०८१, आइतबार । April 22, 2024

ज्योतिष

राशि अनुसार धन कमाउन यी उपाय अपनाउनुस्



काठमाडौं । आफ्नो राशि अनुसारको उपाय गर्दा मात्र धन कमाउनमा आएका बाधा अवरोध हटाउन सकिन्छ ।
मेष
राति रातो चन्दन र केसर घसेर त्यसले रंगाइएको सेतो कपडा आफ्नो पेसो राख्ने कन्तूरमा ओछ्याउनुभयो भने तपाईंको समृद्धि सुनिश्चित हुन्छ । एक्कासि धनहानि पनि हुन पाउँदैन । ऊँ हनुमते नमः यो मन्त्र दिनदिनै पाठ गर्नुपर्छ ।

वृष
पैसा कमाएपनि भने अनुसारको बचत हुन सकेको छैन भने लक्ष्मीको पूजा गर्नुका अलावा कमलको फूल पनि पुज्नुस् । त्यसपछि फूललाई रातो कपडाले बाँधेर कन्तूरमा राख्नुस् । अनि राति गाईको घिउमा दियो बालेर एकान्त स्थानमा राख्दै मनोकामना पूरा होस् भनी प्रार्थना गर्नुस् ।

मिथुन
लक्ष्मी गणेशको पूजा गर्दा दक्षिण फर्किएको शंखलाई पूजा गरेर धन राखेको कन्तूरमा राख्नुस् । तपाईंलाई ऋण लागेको छ भने लक्ष्मी र गणेशको प्रतिमामा बेसारको माला लगाउनुस् । अनि गं गणपतये नमः यो मन्त्र पढ्नुस् ।

कर्कट
साँझपख पीपलको रुखमुनि तेलको पञ्चमुखी दियो बाल्नुस् । त्रिकोण आकृतिको झण्डा विष्णु भगवानको मन्दिरमा अग्लो ठाउँमा झुण्ड्याउनुभयो भने तपाईंको भाग्य चम्किन्छ । ऊँ नमः शिवाय मन्त्र जपिरहनुस् ।

सिंह
राति घरको मुख्य ढोकामा गाईको घिउको दियो बाल्नुस् । बिहानसम्म दियो बलिरहेको हुनुपर्छ । यसो गर्दा आर्थिक स्थिति सुध्रिन्छ र मानसम्मान पनि प्राप्त हुन्छ । ऊँ श्री सूर्याय नमः मन्त्र पढ्नुस् ।

कन्या
रातो रुमालमा नरिवल बाँधेर धन राख्ने कन्तूरमा राख्नुस् । अनि दुईवटा कमलगट्टाको माला लक्ष्मीको मन्दिरमा गएर दान गर्नुस् । ऊँ गं गणपतये नमः बिहानबेलुकै जप गर्नुस् ।

तुला
वरको पातमा सिन्दूर र घिउले ऊँ श्रीं श्रियै नमः मन्त्र लेखेर नदीमा बगाउनुस् । अनि बिहान स्नान गरेर लक्ष्मी मन्दिरमा ११ नरिवल चढाउनुस् । ऊँ महालक्ष्म्यै नमः मन्त्र पढ्नुस् ।

वृश्चिक
घरमा केरा रोप्नुस् र हेरचाह गर्नुस् । तर यो बोटमा फल्ने केरा नखानुस् । हनुमानजीको पूजा गर्नुस् । ऊँ हं हनुमते नमः मन्त्र पाठ गर्नुस् ।

धनु
पानको पातमा चन्दनले श्रीं लेखेर पूजाकोठामा राख्नुस् र दिनदिनै पूजा गर्नुस् । भगवान् विष्णुको पूजा गर्नुस् । ऊँ श्रीं विष्णवे नमः दिनदिनै जप्नुस् ।

मकर
कपासको दियो घरको ईशान कोणमा बालेर राख्नुस् । भगवान् विष्णुको पूजा गर्नुस् र उहाँलाई पहेंलो वस्त्र र मिठाइ चढाउनुस् । शनि र हनुमानको पूजा गर्नुस् । ऊँ शं शनिश्चराय नमः मन्त्र पढ्नुस् ।

कुम्भ
खीर बनाएर लक्ष्मी मातालाई भोग लगाउनुस् । नरिवलको डल्लोमा घिउ हालेर लक्ष्मीको प्रतिमासामु दियो बाल्नुस् । शनि र भगवान् शंकरको मन्त्रजाप गर्नुस् । ऊँ महामृत्युञ्जयाय नमः मन्त्र १०८ चोटि पाठ गर्नुस् ।

मीन
लक्ष्मी मन्दिरमा गएर कमलको फूल, नरिवल र सेतो मिठाइ चढाउनुस् । भगवान् नारायणको ध्यान र मन्त्रजाप गर्नुस् । ऊँ नारायणय नमः र ऊँ गुरवे नमः मन्त्र पढ्नुस् ।

साभारः लोकान्तर

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ००:००