११ बैशाख २०८१, मंगलबार । April 23, 2024

गहना बेचेर केराखेती थालेका सुवेदी अहिले वार्षिक दुई करोडको बेच्छन्

रत्ननगर (चितवन), १७ चैत । नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दै छन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी सुवेदी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ । नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु । हरेक काममा पालैपालो श्रीमान्–श्रीमती खटिन्छन्…