१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

अर्थ

स्वास्थ्य चौकीलाई रु १५ लाखको जग्गादान



इलाम, १७ चैत । इलामको फाकफोकथुम गाउँपालिका–२ साबिक फाकफोक गाविसका एक समाजसेवीले आफ्ना बुबाको सम्झनामा स्वास्थ्य चौकीलाई लाखौँ मूल्य पर्ने जग्गा दान दिएका छन् ।
फाकफोकथुम–२ का खगेन्द्रप्रसाद चौहानले स्व बुबाको सम्झनामा स्वास्थ्य चौकीलाई रु १५ लाख मूल्य पर्ने पाँच रोपनी जग्गा दान निशुल्का प्रदान गरेका हुन् ।
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसहितको भवन निर्माणका लागि चौहानले जग्गा दान दिएर पाससमेत गरिदिइसकेको स्वास्थ्य चौकीका लालबाबु यादवले जानकारी दिए । उक्त जग्गामा नयाँ आर्थिक वर्षदेखि भवन निर्माण कार्यको प्रक्रिया अघि बढाइने स्वास्थ्य चौकीले जनाएको छ ।

प्रकाशित : १७ चैत्र २०७३, बिहिबार ००:००