२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

Breaking

विस्तृत शान्ति सम्झौता विरुद्धका गतिविधिको सामूहिक प्रतिवाद गर्ने ८ पार्टीको निर्णय



काठमाडौं । संक्रमणकालिन न्यायको विषय लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्चमा रिट दायर हुने भएपछि माओवादी पृष्ठभूमि भएका दलहरु एक ठाउँमा उभिएका छन् ।

उनीहरुले विस्तृत शान्ति सम्झौता विरुद्धका गतिविधिहरु विरुद्ध प्रतिवाद गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ८ पार्टीको बैठकले विस्तृत शान्ति सम्झौता विपरितका गतिविधिको प्रतिरोध गर्ने निर्णय गरेका छन् ।

बैठकमा प्रचण्ड, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति),नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला लगायतका नेताहरु सहभागी थिए ।

प्रकाशित : २३ फाल्गुन २०७९, मंगलबार ००:००