१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

राष्ट्रपति उम्मेदवार सम्बन्धि छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज अपरान्ह चार बजे बस्दै छ । राष्ट्रपति निर्वाचनमा उम्मेदवार बारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।
सरकार गठन गर्ने बेला राष्टपति एमालेले पाउने सम्झौता भएपनि अहिले माओवादीले राष्ट्रिय सहमती खोज्नु पर्ने बताउदै आएको छ । यहि कारण प्रमूख सत्ता गठबन्धनका दल एमाले र माओवादीबीच असमझदारी बढेको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिदै जाँदा माओवादी र नेपाली कांग्रेसका नेताहरु सघन छलफल गरिरहेका छन् । नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री प्रचण्डलाई औपचारिक प्रस्ताव गरेका थिए । प्रचण्डले पार्टीमा छलफल गर्ने बताएका थिए । त्यहि विषयमा छलफल गर्न आज बैठक बस्न लागेको माओवादी सोतले जनाएको छ ।
यहि १३ फागुनमा राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ताका कार्यक्रम रहेको छ ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार ००:००