२२ बैशाख २०८१, शनिबार । May 5, 2024

Breaking

मन्त्रिपरिषदक‍ो पहिलो बैठक अर्थतन्त्रमा सुधार लगायतका निर्णय



काठमाण्डौ । मन्त्रिपरिषदको पहिलो बैठकले अर्थतन्त्रलाई सुधार लगायत ५ निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार बसेको बैठकले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने लगायतका निर्णय गरेको हो ।

राजस्व चुहावटमा कडाई गर्ने, निजी क्षेत्रसंग सहकार्य गर्ने, सार्वजनिक खर्चमा मितव्ययीता गर्ने, विशेषगरी राष्ट्रिय परिचय पत्र, विद्युतीय राहदानी, सवारी चालक अनुमतिपत्र लगायत सेवा प्रवाह सुगम, सरल गर्ने निर्णय गरेको छ ।
त्यस्तै सार्वजनिक खरिद, परियोजनाहरू निर्माण तथा सञ्चालनमा देखिएको ढिलाइ, जिम्मेवारी पन्छाउने प्रवृत्ति र निर्माण कार्यको गुणस्तरहीनता हटाउने निर्णय गरेमा छन्  ।

प्रकाशित : १२ पुस २०७९, मंगलबार ००:००