१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Breaking

चार्ल्स शोभराजलाई रिहाई सर्वोच्चको आदेश



काठमाडौं । कुख्यात चार्ल्स शोभराजलाई सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई छाड्न आदेश दिएको हो ।

तोकिएको अवधिभन्दा बढी कैद राखिएकाले कैदमुक्त हुन पाउँ भनी परेको निवेदन माथि इजलासले सुनुवाइपछि निवेदनको माग जायज ठहर्‍याएर थुनामुक्त गर्नु भनी आदेश जारी भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

प्रकाशित : ६ पुस २०७९, बुधबार ००:००