१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Breaking

विवाहमा झगडा हुँदा युवकको मृत्यु



वीरगञ्ज । पर्सामा एक विवाहमा झगडा हुँदा जगरनाथपुर गाउँपालिका ३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको छ ।सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहलार्ई कुटपिटबाट घाइते गद्दीको उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार राति विवाहमा नाचगान गर्ने विषयमा विवाद भएका कारण झगडा भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ६ पुस २०७९, बुधबार ००:००