१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Breaking

वैदेशिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने पहलको सार्थकता



गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गरि एक दशक भन्दा बढी समयदेखि संघले गरि आएको पहलले सार्थकता पाएको बताउनु भएको छ ।

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले संघले लगातार नेपाल सरकार र सम्बन्धित निकायसंग गरेको पहलले मुर्तरुप लिएको बताउनु भएको हो ।
आप्रबाशनलाई सुरक्षित र मर्यादित बनाउने पछिल्लो यो कदम प्रभावकारि हुने उहाँको भनाइ छ । संघले सरकारसंग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो । सरकारले कार्यविधि ल्याएसंगै बैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिक रुपमा जोडिन बाटो खुलेको भन्दै थापाले सरकारले गरेको यो निर्णयले बिदेशमा रहेका श्रमिकलाई राहत मिलेको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ूसंघकै तर्फबाट पटकपटक सामाजिक सुरक्षा कोष हुनुपर्छ भन्ने विषयको उठान गर्दै आएको थियो । त्यसको सम्बोधन नेपाल सरकारले गरेको महसुस हामीले गरेका छौं ।ू

 

हाल, वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउँदै अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि नेपाल सरकारसंग संघले सहकार्य समेत गरिरहेको भन्दै अध्यक्ष थापाले आगामी दिनमा पनि नेपाल सरकारसंग सहकार्य र समन्वय गरी यो कार्यको प्रचार प्रसार, अभिमुखीकरण एवं समयसापेक्ष योजना बनाई त्यसको कार्यक्रम गर्ने लगायतका कार्यमा हामी नेपाल सरकारको सहयात्री बन्ने बताउनुभयो ।

 

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा बस्ने नेपालीलाई योगदानमा आधारित कोषमा आवद्व हुन आवहान गर्नु भयो ।

 

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएको निरन्तर सहकार्य र पहलको लागि धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो । उहाँले यस कार्यकमा सहयोग गर्नु हुने संघका पदाधिकारीहरु लगायत सम्पूर्ण अग्रज तथा अभियन्ताहरु प्रति हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।

 

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिहरु, सरकोकारवालाहरु, संचारकर्मीहरु लगायत गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : ६ पुस २०७९, बुधबार ००:००