१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

आयोगको जलपानमा राष्ट्रपति भण्डारी सरिक



 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचन आयोगको जलपान समारोहमा सहभागी हुनु भएकोा छ । ४ मंसिरमा सफलता पूर्वक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगको परिसर कान्तिपथमा सोमबार आयोजना गरेको समारोहमा सहभागी हुनु भएको हो ।
जलपान समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।

पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख, पूर्व उपराष्ट्रपति, मन्त्री, नवनिर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, विभिन्न विश्वविद्यालयका उपकुलपति र विभिन्न प्रतिष्ठानका कुलपति, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यापारी, कलाकार, पत्रकार लगायत समारोहमा सहभागी हुनुभएको थियो ।

प्रकाशित : ४ पुस २०७९, सोमबार ००:००