१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

गाउँपालिका महासंघको अध्यक्षमा पाण्डे, महासचिवमा थापा



काठमाडौं । दलिय भागबन्डाको आधारमा गाउँपालिका राष्ट्रिय महासंघ नयाँ नेतृत्व टुंगो लागेको छ । स्थानीय तहमा सबै भन्दा बढी जितेको नेपाली कांग्रेसले अध्यक्ष्य, उपाध्यक्ष, एमालेले महासचिव, सचिव र माओवादीले कोषाध्यक्ष पाएको छ ।

अध्यक्षमा कांग्रेसले नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई पठाउने भएको छ । उपाध्यक्ष भने टुंगो लगाएको छैन । एमालेले महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई पठाउने भएको छ ।

सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई पठाउने एमाले निकट स्रोतले जनाएको छ । कोषाध्यक्ष पाएका नेकपा माओवादीले कस्लाई पठाउने भन्ने टुंगो लगाएको छैन ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार ००:००