२० बैशाख २०८१, बिहिबार । May 3, 2024

Breaking

चौतारीमा बर र पिपल भिडियो सार्वजनिक



काठमाण्डौ । इन्द्र तामाङ्गले भर्खरै चौतारीमा बर र पिपल बोलको गीतलाई सार्बजनिक गरेका छन् । रोधीघरमा रोधी बस्दाको झझल्को मेटाउने यस गीतमा इन्द्र तामाङ्ग र अर्चना स्याङ्तानका सुमधुर स्वर सुन्न सकिन्छ ।

संगीत संयोजन बिष्णु तामाङ्गले भरेका हुन् भने शब्द गायक तथा प्रस्तुतकर्ता इन्द्रले नै भरेका छन् । निकै रोमान्चक रुपमा तयार पाएिको म्युजिक भिडियोमा कुमार सुनेल, मेलिना मगर, राजकुमार बिस्वकर्मा र सिता सरगमको आकर्षक अभिनय छ ।

मिलन फिल्म्स प्रडक्सन युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको इन्द्र तामाङ्गको यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार ००:००